Sagun Khabar
बैतडीको सुर्नयामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा वैशाख २५ देखि सञ्चालन हुने

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को ग्रेडवृद्धि यही वैशाख २५ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

आइतबार बसेको आधारभूत शिक्षा परीक्षा समितिको बैठकले वैशाख २५ गतेदेखि २८ गतेसम्म कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।

Atrya hospital

गाउँपालिकाले गत फागुन २६ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा बढी दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालनको तयारी भएको हो । 

ग्रेडवृद्धि परीक्षाका लागि दुईओटा केन्द्र निर्धारण गरिएका छन् । गाउँपालिकाको वडा नं १ देखि ४ सम्म रहेका विद्यालयहरुका लागि सुर्नया गाउँपालिका –३ स्थित वासुदेव आधारभूत विद्यालय तडीगाउँ र वडा नं ५ देखि ८ सम्म रहेका विद्यालयहरुका लागि सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि चौथालीलाई केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

सुर्नयामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षमा १ सय २१ जना परीक्षार्थी सहभागी हुने बताइएको छ । परीक्षा बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ । 

गाउँपालिकाले प्रकाशन गरेको परीक्षा तालिका अनुसार वैशाख २५ गते अंग्रेजी, वैशाख २६ गते नेपाली र सामाजिक तथा मानवमूल्य शिक्षा, वैशाख २७ गते गणित र विज्ञान तथा प्रविधि र वैशाख २८ गते हाम्रो सुर्नया बिषयको परीक्षा सञ्चालन हुनेछ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update