
बैतडी –बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सोमबार बिहान साढे आठबजेतिर विद्युत सर्ट भएर भट्टको दुई तले ८ कोठे घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोश्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएका भएका प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रहरीचौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १०:५७
प्रतिक्रिया दिनुहोस्