Sagun Khabar
बैतडीको पञ्चेश्वर–१ पूर्णखोप सुनिश्चित वडा घोषणा 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चित  घोषणाका सबै सूचक पूरा भएपछि सोमबार एक कार्यक्रमको आयोजना गरेर पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । 

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ९० जना र १६ महिनादेखि ५९ महिनासम्मका २ सय ९४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको सार्कीले बताए । 

Atrya hospital

गएको माघ २६ देखि फागुन ५ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए ÷नपाएको एकीन गरिएको थियो । वडाभित्रका बालबालिकाहरुले सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 

बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update