
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ बङसल्ला घर भएका महेशबहादुर चन्द ब्लड क्यान्सरबाट पीडित भएका छन् ।
३६ बर्षीय चन्दको अहिले काठमाण्डौंमा उपचार भइरहेको छ । चन्दको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिन मनकारी महानुभावहरुलाई आग्रह गरिएको स्थानीय भुवन चन्दले जानकारी दिए ।
चन्दको घरमा एक श्रीमती र दुई छोरा रहेका छन् । घरको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा धेरै पैसा खर्च हुने भएकाले सहयोगका लागि अपिल गरिएको चन्दले बताए । चन्दलाई थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था रही आएको छ ।
चन्दको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले उनकी श्रीमती कमला पालको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर ०६५०५०५०२८५८३४ मा सहयोग गरिदन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ ०९:५६
प्रतिक्रिया दिनुहोस्