
बैतडी–बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पुनः प्रेमसिंह भाट सर्वसम्मत चयन भएका छन् ।
मंगलबार भएको अभिभावक भेलाले भाटले पाचौं पटक अध्यक्षका लागि सर्वसम्मत चयन गरेको हो । भाटको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
उक्त समितिको सदस्यमा कृष्णसिंह महरा,नरबहादुर भाट, पार्वती भाट, वसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधि भरतसिंह भाट र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह महरा रहेका छन् ।
भाटको नेतृत्वमा सिद्धेश्वर मावि निरन्तर रुपमा अगाडि बढीरहेकाले अभिभावकहरुको भेलाले पुनः भाटलाई अध्यक्षमा चयन गरेको हो । सिद्धेश्वर मावि बैतडीका सामुदायिक विद्यालयहरुमध्येको नमूना विद्यालयको रुपमा रहेको छ ।
२०१८ सालमा स्थापना भएको सिद्धेश्वर माविमा अहिले कक्षा १० सम्मको पढाई हुने गरेको छ । उक्त विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको छ ।
अभिभावक, शिक्षक र विद्यार्थीहरुसंगको सहकार्यमा अझै पनि विद्यालयलाई नयाँ उचाइमा पुर्याउने आफ्नो योजना रहेको अध्यक्ष भाटले बताए ।
भाट सिद्धेश्वर माविमा पाँचौं पटक सर्वसम्मत अध्यक्ष भएका छन् भने पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरी गुरुडामा दोश्रो पटक अध्यक्ष पद सम्हालिरहेका छन् ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालयहरुलाई अब्बल बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको भाटले बताए ।