
बैतडी–बैतडीका सामुदायिक विद्यालयहरुलाई कुनै पनि वाहनामा शुल्क नलिन आग्रह गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जिल्लाका १० ओटै स्थानीय तहहरुलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरुले शुल्क लिइरहेको भन्ने गुनासो आएकाले त्यसो नगर्न आग्रह गरेको हो ।
अनिवार्य तथा निशुल्क शिक्षामा विद्यालयहरुले शुल्क लिन नपाइने भएकाले कुनै विद्यालयले शुल्क लिएको भएमा फिर्ता गर्न समेत आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
सामुदायिक विद्यालयहरुले अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणा विपरीत शुल्क लिइरहेको भन्दै नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ बैतडी लगायतका सरोकारवाला कार्यालयहरुलाई ज्ञापन पत्र बुझाएको थियो ।
नेविसंघका कार्यवाहक अध्यक्ष अमरबहादुर टेर नेतृत्वको टोलीले सोमबार ज्ञापनपत्र बुझाएपछि शुल्क नलिन सामुदायिक विद्यालयहरुलाई आग्रह गरिएको छ ।