Sagun Khabar
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा बैतडीका मडैको उम्मेदवारी 

बैतडी –स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन् । 

बैतडीको सुर्नया गाउँपालिका–५ घर मड घर भएका मडैले यही वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवारी दिएका हुन् । 

Atrya hospital

काठमाण्डौंमा रहेको डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संस्थाको क्रियाशिलताका लागि आफूले उम्मेदवारी दिएको  बताएका छन् । 

स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउन आफ्नो उम्मेदवारी रहेको मडैले बताएका छन् । 

कार्यकारी सदस्यमा उम्मेदवारी दिँदै मडैले आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । 

यस्तै नेपालबाट मात्रै नभएर विदेशबाट पनि नेपाल विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनका गर्न संघमार्फत काम गर्ने उनले बताएका छन् । 

अहिले आफू संघको सदस्य रहेको र यो निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवार रहेकाले सबै सदस्यहरुलाई सहयोगका लागि उनले अनुरोध समेत गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update