Sagun Khabar
बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु 

बैतडी –बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका–९ बाथ्थोला तल्लादेहीकी १४ बर्षीया सीमा भण्डारीको रुखबाट लडेर मृत्यु भएको स्थानीय समेत रहेका शिक्षक नरबहादुर भण्डारीले बताए ।  

Atrya hospital

घर नजिकैको जंगलमा काफल खान गएकी भण्डारी बुधबार बिहान साढे १० बजेतिर काफलको रुखबाट लडेकी र उनको घटनास्थलमै मृत्यु भएको शिक्षक भण्डारीले बताए । 

खेती मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत भण्डारीको निधनले गाउँ शोकमा डुबेको शिक्षक भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update