
बैतडी –नेकपा एकीकृत समाजवादी बैतडीका पूर्व जिल्ला कमिटि सचिव शेरबहादुर चन्द एमालेमा फर्किएका छन् ।
मेलौली नगरपालिका–२ घर भएका चन्द बुधबार एमालेमा फर्किएका हुन् । बुधबार एमाले बैतडीका जिल्ला इञ्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेश विक लगायतका नेताहरुको उपस्थितीमा चन्द एमालेमा फर्किएका हुन् ।
उनले एमालेमा फर्केको घोषणा गर्दै सदस्यता नवीकरण गरिदिन समेत निवेदनमा उल्लेख गरेका छन् । विगतमा आफूले गलत निर्णय गरेको बताउँदै उनले एमालेमै फर्किएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १८:३२
प्रतिक्रिया दिनुहोस्