Sagun Khabar
राष्ट्रिय युवा संघ बैतडीको अधिवेशन पाटनमा हुने 

बैतडी –नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बैतडीको १० औं जिल्ला अधिवेशन यही वैशाख २७ गते पाटनमा हुने भएको छ । 

जेठ ९ देखि ११ गतेसम्म राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर जिल्ला अधिवेशनको तयारी भएको राष्ट्रिय युवा संघका स्थायी कमिटि सदस्य लोकेन्द्र भण्डारीले बताए । 

पाटनमा सम्पन्न हुने जिल्ला अधिवेशनमा १० ओटै पालिकाबाट १ सय ७० जना प्रतिनिधिको सहभागिता रहने स्थायी कमिटि सदस्य भण्डारीले बताए । अधिवेशनले राष्ट्रिय युवा संघ बैतडीको नयाँ नेतृत्व चयन गर्ने भण्डारीले बताए । 
पाटन हुने जिल्ला अधिवेशनको तयारी भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update