Sagun Khabar
बैतडीमा रुखबाट लडेर एक किशोरी  घाइते, उपचारमा सहयोग गरिदिन अपिल 

बैतडी–बैतडीमा रुखबाट लडेर एक किशोरी  घाइते भएकी छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौन,लुइटाकी १८ बर्षीया वसन्ती बडू रुखबाट लडेर घाइते भएकी हुन् । 

Atrya hospital

मंगलबार साँझ ६ बजेको समयमा घर नजिकै स्याउला काट्ने क्रममा उनी रुखबाट लडेर घाइते भएकी उनका काका अम्बादत्त बडूले बताए । घाइते वसन्तीको जिल्ला अस्पताल बैतडीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ । 

घाइतेको कम्मरमा चोट रहेको र चिकित्सकको सल्लाह अनुसार उपचारका लागि धनगढी लगिएको बडूले बताए । 

वासुदेव मावि लिस्किटामा कक्षा १२ मा अध्ययनरत बडू लडेर घाइते भएपछि उनको परीक्षा समेत छुटेको छ । 

रुखबाट लडेर घाइते भएकी वसन्ती बडूको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गरिदिन हुन अनुरोध गरिएको छ । सहयोग गर्नुहुने महानुभावहरुले अम्बादत्त बडूको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४०५०१०००२०७६६०१० रकम जमा गर्न सक्ने बताइएको छ । यसका साथै मोबाइल नम्बर ९८४८७४६९३४ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update