Sagun Khabar
बैतडीको डिलाशैनी–१ पूर्ण खोप सुनिश्चित वडा घोषणा 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चित  घोषणाका सबै सूचक पूरा भएपछि बुधबार एक कार्यक्रमको आयोजना गरेर डिलाशैनी गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । 

वडाभित्र जन्मेदेखि १५ महिनासम्मका ५० जना, १६ देखि २३ महिनासम्मका ३० जना र २४ देखि ५९ महिनासम्मका १ सय ५० बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको नाथले बताए । 

Atrya hospital

वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए ÷नपाएको एकीन गरिएको थियो । वडाभित्रका बालबालिकाहरुले सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 

बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ । डिलाशैनीका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिने नाथले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update