Sagun Khabar
बैतडीको मेलौलीमा सडक छेउमा रोकिराखेको जिप खस्यो  

बैतडी –बैतडीको मेलौलीमा जिप दुर्घटना भएको छ । 

मेलौली नगरपालिका–७ काँडा क्याम्पस चोक नजिकै सडक छेउमा रोकिराखेको सुपप्र ०१००१ च २६६९ नम्बरको बोलेर जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

बिहीबार साँझ पौने ६ बजेतिर पार्किङ गरेर राखेको जिप एक्कासी आँफै ५० मिटर तल खसेको प्रहरी निरीक्षक पाण्डेयले बताए । जिपमा कोही पनि सवार नरहेको बताइएको छ । जिपमा क्षति पुगेको उनले बताए । 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update