Sagun Khabar
जबरजस्ती करणी आरोपमा बैतडीका एकजना अछाममा पक्राउ

बैतडी –जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का २३ बर्षीय मोहनबहादुर चन्दलाई अछाम प्रहरीले पक्राउ गरेको हो । 

Atrya hospital

अछाम मंगलसेनकी एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा चन्दविरुद्ध २०८१ माघ ४ मा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । सोही बेलादेखि फरार रहेका चन्दलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीलाई प्राप्त विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई बिहीबार साँझ ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । 

पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update