
बैतडी–बैतडीको मेलौली नगरपालिकाले आधारभूत कक्षा–८ को ग्रेड सुधार परीक्षा आगामी जेठ ३ र ४ गते सञ्चालन गर्ने भएको छ । कक्षा ८ को परीक्षामा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि ग्रेड सुधार परीक्षा सञ्चालनको तयारी भएको हो ।
ग्रेड सुधार परीक्षा सञ्चालनका लागि मणिलेक मावि काँडा मेलौली र घर्मघर मावि सलेनालाई केन्द्र तोकिएको नगरपालिकाले जनाएको छ । परीक्षा बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १२:०३
प्रतिक्रिया दिनुहोस्