Sagun Khabar
बैतडीको दशरथचन्द–५ मा लैङ्गिक विभेद र हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालयले लैङ्गिक विभेद र हिंसा न्यूनीकरणका लागि टोलबस्तीहरुमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ । 

लिङ्गका आधारमा हुने विभेद र हिंसा न्यूनीकरणका लागि आमा समूहमा गएर छलफल गर्ने गरिएको वडा अध्यक्ष केशवराज लेखकले बताए । वडाको बार्र्षिक स्वीकृत कार्यक्रम अनुुसार प्रत्येक बस्तीमा रहेका आमा समूहका सदस्यहरुसंग अन्तरक्रिया तथा छलफल गर्ने गरेको उनले बताए । 

Atrya hospital

समुदायमा विभिन्न खालका विभेद र हिंसाहरु कायमै रहेकाले त्यस्ता हिंसाहरु कम गर्न र कानुनका बिषयमा जानकारी दिन अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको वडा सदस्य नन्दा भट्टले बताइन् । यस्ता कार्यक्रमहरुले महिलाहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनले बताइन् । 

कानुनी ज्ञानको अभाव, विभिन्न कुरिती र कुसंस्कारले पनि समाजमा विभेद र हिंसाका घटना भइरहेकाले त्यस्ता घटनाहरुको रोकथामका लागि वडास्तरबाटै कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । 

दशरथचन्द नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको र वडास्तरमा सञ्चालन हुने यस्ता अन्तरक्रियात्मक छलफलले महिलाहरुलाई सहयोग पुग्ने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update