Sagun Khabar
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार न्यूनीकरणका लागि कार्यशाला गोष्ठी 

बैतडी– बैतडीमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न्यूनीकरणका लागि कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । जिल्ला अस्पताल बैतडीको आयोजना, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) को सहयोगमा गोष्ठी सञ्चालन गरिएको छ । 

जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुका लागि दुई दिने कार्यशाला सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए । 

Atrya hospital

गोष्ठीमा कार्यस्थलमा हुन सक्ने यौनजन्य दुव्र्यवहार, कानुनी प्रावधान लगायतका बिषयमा जानकारी दिने काम भइरहेको सिएमसीका मिल अधिकृत सुजन नेपालीले बताए । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका कारण धेरैले समस्या भोग्नुपरेकाले त्यस्तो नहोस भनेर कार्यशाला सञ्चालन गरिएको उनले बताए । 

कार्यशालामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ मा भएका व्यवस्था र अन्य कानुनी प्रावधानका बिषयमा अधिवक्त उत्तम भण्डारीले सहभागीहरुलाई जानकारी गराएको सीएमसीका मनोसामाजिक परामर्शदाता तारा भट्टले बताइन् । 

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका कारण धेरै महिलाहरु हिंसामा परेकाले त्यस्ता खालका हिंसाहरु न्यूनीकरणका लागि कार्यक्रमले सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक भट्टले बताए । कानुनी ज्ञानको अभावले कतिपयले आफूमाथि भइरहेको हिंसाका बारेमा नबोल्ने भएकाले उनीहरुलाई कानुनका बिषयमा कार्यशालामा जानकारी दिने काम भइरहेको उनले बताए । 

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न्यूनीकरणका लागि सञ्चालन भएको गोष्ठीले अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई कानुनका बिषयमा थाहा भएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।

कार्यशाला गोष्ठीको उद्दघाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले यस्ता खालका कार्यक्रमहरुले विभिन्न किसिमले भइरहेका हिंसा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update