
बैतडी–कर्मचारी आन्दोलित भएपछि बैतडीका स्थानीय तहमा सेवा प्रभावित भएका छन् । स्थानीय सेवा ऐन चाँडो जारी गर्नुपर्ने भन्दै स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
प्रदेशका अन्य स्थानीय तहजस्तै बैतडीका १० ओटै स्थानीय तहमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा अवरुद्ध गरेका छन् । कर्मचारीहरु तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएका हुन् ।
कर्मचारीहरु आन्दोलित भएपछि नगरपालिका तथा गाउँपालिकाहरुले प्रदान गर्ने सेवाहरु प्रभावित भएका सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।
पुर्चौंडी नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।
यस्तै शाखाका कर्मचारीहरु आन्दोलनमा उत्रेपछि अत्यावश्यक बाहेकका सेवा उपलब्ध गराउन नसकेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए ।
दशरथचन्द नगरपालिकामा पनि कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएका छन् । स्थानीय सेवा ऐन नल्याउँदा कर्मचारीहरुको वृति विकासमा असर परेको कर्मचारीहरुले बताएका छन् ।
बैतडीका १० ओटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवा प्रवाहमा सुमस्या भएको हो ।
देश संघीय संरचना गईसकेपछि ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरेर लागू गरिसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको कर्मचारीहरुले बताएका छन् ।