Sagun Khabar
बैतडीमा टुहुरा बालबालिकाको घर निर्माण कार्य शुरु, सहयोगको अपिल

बैतडी–बैतडीको पाटन नगरपालिका–४ ज्यौडेका टुहुरा बालबालिका नवीन लावड र गौरा लावडका लागि घर निर्माण कार्य शुरु गरिएको छ । आमा र बुवा दुवैको मृत्यु भएपछि उनीहरुलाई बसोबास समस्या भएकाले घर निर्माण कार्य शुरु गरिएको हो । 

नवीन र गौरा दाजुबैनी हुन् । उनका आमाको ६ बर्ष अघि र बुवाको चार बर्ष अघि मृत्यु भएको थियो । आमा र बुवाको मृत्युपछि दुवै जनाको विचल्ली भएको छ । 

Atrya hospital

नवीन र गौराको पढाईका लागि काठमाण्डौंबाट समाजसेवी सहदेव सापकोटाले मासिक २ हजारका दरले सहयोग गर्दै आएका छन् । नवीन कक्षा १० र गौरा कक्षा ५ मा पढ्दै आएकी छन् । यस्तै भुमेश्वर माया घरले पनि विभिन्न ठाउँबाट सहयोग संकलन गरेर उनीहरुलाई सहयोग गर्दै आएको छ ।  

बास बस्नका लागि घर नभएपछि भुमेश्वर मायाघर र स्थानीयहरुको सहयोगमा घर निर्माण कार्य शुरु गरिएको भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दले बताए । स्थानीयहरुले घर निर्माणका लागि श्रमदान गरिरहेका छन् भने निर्माण सामग्री खरीदका लागि सहयोग अभियान सञ्चालन गरिएको चन्दले बताए । 

नवीन र गौराका लागि दुई कोठे घर र शौचालय निर्माण गर्ने योजना रहेको छ । अन्य कामका लागि स्थानीयहरुले श्रमदान गर्ने र आवश्यक सरीया, सिमेन्ट,काठ लगायतका सामग्रीका लागि सहयोग अभियान सञ्चालन गरिएको चन्दले बताए । 

दुवैजना टुहुरा बालबालिका भएकाले उनीहरुको घर निर्माणमा सहयोग गर्न चाहनेहरुले नवीन लावडको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर ०६५०५१५०२५१३५८ मा रकम जमा गर्न सक्ने चन्दले बताए । 

ch-1-1747049402.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update