दशरथचन्दको नगर बस सेवा भोलिदेखि शुरु हुने, यस्तो छ भाडा दर

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले भोलि( बिहीबार) देखि नगर बस सेवा सञ्चालनमा ल्याउने भएको छ ।
नगर बस सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर भोलिदेखि नगर बस सेवा सञ्चालनमा ल्याइने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताए ।
नगर बस बिहान ८ बजे सतबाँझबाट छुट्ने र झुलाघाटसम्म सञ्चालन हुने सूचना अधिकारी बिष्टले जानकारी दिए ।
नगर बस सञ्चालनका लागि भाडादर समेत तय गरिएको छ । २०८० साल जेठ ८ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले तय गरे अनुसारकै भाडादर कायम गरिएको सूचना अधिकारी बिष्टले जानकारी दिए ।
यस्तो छ भाडादर
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १९:०५
प्रतिक्रिया दिनुहोस्