
बैतडी–बैतडीमा यो बर्ष ६० हजार बाखालाई पीपीआर खोप लगाइएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा किसानहरुले पालेका बाख्राहरुलाई पीपीआर खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए ।
बाख्राहरुलाई पीपीआर रोगबाट बचाउन खोप दिइएको पन्तले बताए । पीपीआर रोगबाट बच्ने एकमात्रै उपाय खोप भएकाले हरेक बर्ष खोप लगाउने गरिएको उनले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा बढी बाख्रामा पीपीआर खोप लगाइएको पन्तले बताए ।
पञ्चेश्वर गाउँपालिकाको वडा नं ५ का केही स्थानमा पीपीआर प्रकोपकै रुपमा फैलिएका त्यस आसपासका क्षेत्रमा बढी खोप लगाइएको उनले बताए ।
बैतडीमा १ लाख ३६ हजार बाख्रा भएपनि सबैलाई खोप लगाउन नसकिएको उनले बताए । खोप नै कम आएकाले सबै बाख्राहरुलाई पीपीआर खोप लगाउन नसकिएको उनले बताए ।
बाख्रामा पीपीआर रोग लागेमा गीजा सुन्निने, र्याल आउने , पखाला लाग्ने र अन्त्यमा बाख्रा मर्ने हुन्छ । बाख्राहरुलाई पीपीआर रोगबाट बचाउन खोप एकमात्रै उपाय भएको पन्तले बताए ।