बैतडीमा धारिलो हतियार प्रहारबाट दुई महिला घाइते, एक जना पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बैतडी–बैतडीमा धारिलो हतियार प्रहारबाट दुई महिला घाइते भएकी छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–६ रपनामा शनिबार बिहान पौने १२ बजेतिर २० बर्षीय धनवीर धानुकले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ७० बर्षीया बिखमती धानुक र ६८ बर्षीया दुरोपती धानुकलाई घाइते बनाएका हुन् ।
घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए ।
हतियार प्रहार गर्ने धनबीर धानुकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । धानुकले धारिलो हतियार प्रहार गर्नुको कारण खुलीनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
 
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १४:०३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
