मदन–आश्रित स्मृति  दिवसमा फलफूल वितरण 
                        
                        
                                                
                                            
                                                                    बैतडी–३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बैतडीमा फलफूल वितरण गरिएको छ ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटि बैतडीले स्मृति दिवसको अवसरमा बैतडी अस्पतालमा भर्ना भएका २१ जना बिरामीहरुलाई फलफूल वितरण गरेको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
फलफूल वितरण कार्यक्रममा अध्यक्ष चन्दका साथै कोषाध्यक्ष हेमा भट्ट लगायतको उपस्थिती रहेको थियो । ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको अध्यक्ष चन्दले बताए । 
 
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १४:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
