Sagun Khabar
दार्चुलामा गुडिरहेको कारमा आगलागी 

दार्चुला –दार्चुलामा गुडिरहेको कारमा आगलागी भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका – ९ नकतड नजिकै गुडिरहेको सुदूरपश्चिम प्रदेश ०३२३ च ७५६८ नम्बरको कारमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बैतडीको पाटनबाट जन्ती लगेर दार्चुला सदरमुकामतर्फ जाँदै गरेको उक्त कारको इञ्जिनमा शनिबार राति ८ बजेतिर एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । 

दार्चुला सदरमुकाम खलंगास्थित मञ्जरी होटेलको उक्त कारढामा चालकसहित ६ जना सवार रहेका र उनीहरु सबै सकुशल रहेका प्रहरी निरीक्षक रावतले बताए ।

कारमा आगलागी भएपछि यात्रुहरुले ढोकबाट हाम फालेका थिए । आगलागीबाट कार पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक रावतले बताए । घटना बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update