Sagun Khabar
पत्रकार महासंघ बैतडीकी उपाध्यक्ष ओझालाई पति शोक

बैतडी –नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष रतना कलौनी(ओझा)लाई पतिशोक परेको छ ।

बैतडीको मेलौली नगरपालिका–६ गाँजरीका रतनाका श्रीमान चुडामणी ओझाको आज बिहान काठमाण्डौंमा उपचारकै क्रममा निधन भएको हो । 

अचानक बेहोस भएर ढल्दा टाउकोमा चोट लागेका चुडामणी गएको ३ हप्तादेखि सशस्त्र प्रहरी बलको अस्पताल, काठमाडौँमा उपचाररत रहेका थिए । टाउकाको शल्यक्रिया गरेर आइसीयूमा उपचाररत ओझाको आज बिहान निधन भएको हो । 

सशस्त्र प्रहरी बलमा कार्यरत ओझाको दरबन्दी बैतडी गुल्ममा रहेको थियो । ओझाका १ छोरा रहेका छन् । यसैबीच ओझाको निधनप्रति नेपाल पत्रकार महासंघ बैतडीले दुःख व्यक्त गरेको छ । महासंघले शोक विज्ञप्ती जारी गर्दै मृतक ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update