Sagun Khabar
बैतडीमा भन्सार छलीको अवैध बिँडी बरामद 

बैतडी–बैतडीमा भन्सार छलीको अवैध बिँडी बरामद गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–६ सेरा महाकाली नदी किनारबाट बेवारिसे अवस्थामा रहेको २ लाख ८२ हजार बराबरको १० पेटी बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

प्रहरीचौकी सेराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान र दिउँसो गरेर अवैध बिँडी बरामद गरेको प्रहरी निरीक्षक बडूले बताए । बिहान १ बजेको समयमा १ लाख १० हजार बराबरको ४ पेटी र दिउँसो ३ बजेको समयमा १ लाख ७२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको उनले बताए । 

उक्त बिँडी भारतबाट अवैध रुपमा ल्याएको बुझिएको छ । बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरी निरीक्षक बडूले बताए । 

भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको प्रहरी निरीक्षक बडूले बताए । भन्सार छलीका सामग्री आयत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी टोली खटाइएको उनले बताए ।  
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update