Sagun Khabar
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष घाइते 

बैतडी –बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना वडा अध्यक्ष घाइते भएका छन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका –३ तालिगडा भन्ने स्थानमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा सोही वडाका वडा अध्यक्ष मीनबहादुर चन्द घाइते भएका पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् । 

गाउँपालिकाबाट घर फर्ता हुने क्रममा अध्यक्ष चन्द सवार मोटरसाइकल दुर्घटनामा परेको हो । अध्यक्ष चन्दको टाउको र खुट्टामा चोट रहेको बताइएको छ । 

वडा अध्यक्ष चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको उपाध्यक्ष भट्टले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update