बैतडी - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का रघुवीर ऐर र सुनिता ऐरले आफ्नी छोरी श्रेया ऐरको पहिलो जन्मोत्सव विशेष अवसरमा गत हप्ता जीवन बीमा पोलिसी उपहार दिएका छन्।
उनीहरूले छोरीको सुरक्षित भविष्यको सुनिश्चितता गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अत्तरिया शाखाबाट पाँच लाख बीमाङ्कको “सर्भ शुलभ जीवन बीमा” पोलिसी खरिद गरेका हुन्। बीमा अन्तर्गत वार्षिक २८ हजार ४६० रुपैयाँ जम्मा गरिने छ।
बीमालेख हस्तान्तरणको क्रममा कम्पनीका अभिकर्ता कृष्ण सिंह बिष्टकी धर्मपत्नी सुनिता बिष्टले श्रेया ऐरको उज्ज्वल भविष्यको कामना गर्दै बधाईका साथ बीमालेख प्रदान गरिन्। उनले ऐरी दम्पतीले देखाएको दूरदृष्टिपूर्ण सोच र बचतमा आधारित सुरक्षात्मक निर्णयको सराहना गरेकी थिइन्।
हाल वैदेशिक रोजगारीमा रहेका अभिकर्ता कृष्ण सिंह बिष्ट विगत एक दशकदेखि विदेशमा भएपनि आफ्नो फुर्सदको समयको सदुपयोग गर्दै जीवन बीमा क्षेत्रमा पनि सक्रिय छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगायत उच्च प्रतिष्ठा प्राप्त संस्थाहरूको प्रवद्र्धनमा स्थापना भएको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो। कम्पनीको बोनसदर पनि देशका अन्य बीमा कम्पनीहरूमध्ये सर्वाधिक रहेको छ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
