
बैतडी –नेपाली कांग्रेस बैतडीले वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । दशरथचन्द नगरपालिका वडा नं ११ बाट वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण शाखा संयोजक बिरबहादुर बिष्टले बताए ।
जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा प्रशिक्षण अभियान सञ्चालन गरिने उनले बताए । नेपाली कांग्रेसको नीति, विधि, विधान र सिद्धान्तका बिषयमा जानकारी दिने र कांग्रेसको संगठनलाई बलियो बनाउने उद्देश्यसहित प्रशिक्षण अभियान शुरु गरिएको उनले बताए ।
प्रशिक्षण अभियानमार्फत पार्टीलाई बलियो बनाउने, संगठन विस्तार र सुदृढीकरण गरिने उपसभापति बिष्टले बताए ।
वडास्तरीय प्रशिक्षण शुभारम्भ कार्यक्रम वडा सभापति शंकरदत्त पन्तको अध्यक्षता भएको थियो भने प्रमुख अतिथी उपसभापति बिष्ट रहेका थिए ।
वडास्तरीय प्रशिक्षण शुभारम्भ कार्यक्रममा पूर्व जिविस सभापति विष्णुदत्त जोशी, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्रबहादुर चन्द,दशरथचन्द नगरकार्यसमिति सचिव गणेशसिंह थापा, पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारी, पूर्व नगरसभापति लालबहादुर चन्द, तरुण दलका अध्यक्ष महेशदत्त भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।