Sagun Khabar
बैतडीको पाटनमा चितुवाको आतंक, गोठभित्रै पसेर बाख्रा मार्यो 

बैतडी –बैतडीको पाटन नगरपालिका –८ का विभिन्न स्थानमा चितुवाले आतंक मच्चाउन थालेको छ । 

किसानहरुले पालेका पशुचौपाया चितुवाले खान थालेपछि यहाँका किसानहरु चिन्तित बनेका वडा अध्यक्ष हरिश बिष्टले बताए । सोमबार राति स्थानीय सुरेश बिष्टको गोठमा पसेर चितुवाले तीनओटा बाख्रा मारेको वडा अध्यक्ष बिष्टले बताए । 

गाई, बाख्रा लगायतका पशुचौपाया बाँधेको गोठमा चितुवा पसेर क्षति पुर्याएको उनले बताए । गोठभित्रै तीनओटा बाख्रा चितुवाले मारेपछि किसानहरु त्रसित बनेका बताइएको छ । 

दिनहुँजसो चितुवाले पशुचौपायामा क्षति पुर्याउने गरेको वडा अध्यक्ष बिष्टले बताए । चितुवाले घरपालुवा पशुचौपायामा क्षति पुर्याउन थालेपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयसंग समन्वय भइरहेको वडा अध्यक्ष बिष्टले बताए । 

यस्तै पाटन नगरपालिकाका अन्य वडाहरुमा समेत चितुवाले घरपालुवा पशुचौपायमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । 

पाटन नगरपालिका वडा नं २ मा एक महिना अघिमात्रै चितुवा खोरभित्र पसेर ८ ओटा बाख्रा मारेको थियो ।

यस्तै केही दिन पहिला पाटन नगरपालिका –१० को मटेमा गोठभित्रै पसेर चितुवाले गाईको बाच्छो मारेको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update