Sagun Khabar
डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको मृत्यु, सासू घाइते

डडेल्धुरा –डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एक महिलाको मृत्यु भएको छ । 

घरमाथिबाट सल्लाको रुख ढल्दा २७ बर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन् । 

बुधबार बिहान करीब ६ बजेतिर उक्त घटना भएको स्थानीयहरुले बताएका छन् । घरमाथिबाट रुख खस्दा घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइते राधा कामीको कम्मर र टाउकोमा चोट लागेको बताइएको छ । 

मृतक रविना कामीका एक छोरा र एक छोरी छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update