Sagun Khabar
विपद् जोखिम न्युनीकरण तथा जलवायु अनुकुलन सम्बन्धि तालिम सुरु 

बैतडी - डडेल्धुराको अजयमेरु गाउँपालिका वडा न २ मा विपद् जोखिम न्युनीकरण तथा जलवायु अनुकुलन तालिम सुरु भएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुराको आयोजना लुथरन विश्व फेडरेसनको सहयोगमा मुक्त हलिया सञ्जाल र सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारिहरुकालागी तालिम सञ्चालन गरेको हो ।

विपद् जोखिम न्युनिकरणका लागी स्थानिय स्तरमा क्षमता अभिवृद्धिका गर्न तालिम संञ्चालन गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यक्रम संयोजक तेजराम लुहारले बताए । 

तालिममा विपद् जोखिमका बिषयमा छलफल,विपद्का समयमा के के गर्ने ,कसरी गर्ने तथा विपद् प्रतिरोधात्मक संरचनाका बिषयमा समेत छलफल गरिएको संयोजक लुहारले बताए । 

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सिमान्तक्रीत,दलितसमुदाय लगायत बिभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update