Sagun Khabar
जन्मदिनको अवसरमा पत्रकार पन्त द्वारा शैक्षिक सामग्री वितरण

 

बैतडी – बैतडीको एक बिद्यालयका विद्यार्थीहरुलाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ स्थित श्री सिगास माध्यमिक विद्यालय गौरी शंकर पोखरीका विद्यार्थीहरुलाई पत्रकार पन्तले जन्म दिनको अवसर पारि एक कार्यक्रमका बीच बिद्यालयका उत्कृष्ट तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताए । 

विद्यार्थीहरु लाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थीहरुलाई केही राहत होस भन्ने हेतुले सिगास माध्यमिक विद्यालय गौरी शंकर पोखरीमा अध्ययनरत शिशु कक्षा देखि कक्षा १२  सम्मका उत्कृष्ट र विपन्न २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक नवराज भट्टले बताए । 

पछिल्लो समय जन्म दिनको नाममा भड्किलो परम्परा संगै विदेशी संस्कृति बढिरहेकाले यसलाई भड्किलो नबनाई सामाजिक सास्कृतिक र परम्परागत रुपमा अघि सार्नु पर्ने सन्देश दिन आफुले जन्म दिन विद्यार्थीसंग बिद्यालयमा मनाएको पत्रकार पन्तको भनाइ रहेको छ । 

विद्यालयमा स्वयम् उपस्थित हुँदै जन्म दिन मनाएका पन्तलाई शुभकामना संगै धन्यवाद दिदै विद्यालय परिवारले विद्यार्थीहरुलाई हौसला र शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न अभिभावक बाट यस्ता क्रियाकलाप गर्नु पर्नेमा जोड दिएको छ। 

प्रत्येक वर्ष विद्यार्थी संगै जन्म दिन मनाउदै आएका पन्तले अघिल्लो वर्ष पाटन नगरपालिका वडा नम्बर ३ मा पर्ने श्री शिगास आधारभुत विद्यालय बुङडा र श्री गुजर माद्यामिक बिद्यालयका विद्यार्थीहरुलाई केही नगद रकम सहित शैक्षिक सामग्री वितरण गरेको थियो । सामाजिक कार्य संगै पत्रकारिता गरिरहेका उहाँ रेडियो निङ्गलाशैनी बैतडीमा कार्यरत रहेका छन ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update