Sagun Khabar
बैतडीमा एक महिलाको भीरबाट लडेर मृत्यु

बैतडी-  बैतडीमा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । 

जिल्लाको सुर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको आफन्त रमेश बोहराले बताए । 

शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त रमेश बोहराले जानकारी दिए । भीरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update