Sagun Khabar
बैतडीको मेलौलीमा फेला परेको बेवारिसे शव व्यवस्थापन गरियो 

बैतडी–बैतडीको मेलौलीमा फेला परेको बेवारिसे शवको व्यवस्थापन गरिएको छ । यही जेठ ५ गते मेलौली नगरपालिका –१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६÷७ महिनाको शिशुको शव फेला थियो । 

कम्मरमाथिको भाग नरहेको उक्त शवको पोष्टमार्टम गरेर व्यवस्थापनका लागि मेलौली नगरपालिकालाई जिम्मा लगाइएको थियो । आवश्यक अनुसन्धानका सबै प्रक्रिया पूरा गर्नुका साथै शवको पोष्टमार्टम समेत गरिसक्दा कोही सम्पर्कमा नआएपछि नगरपालिकालाई शव व्यवस्थापनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

शिशुको बेवारिसे शव नगरपालिकाले आइतबार व्यवस्थापन गरेको प्रहरी निरीक्षक बडूले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update