बैतडीको डिलाशैनीमा ट्याक्टरबाट खसेर एकजना घाइते

बैतडी–बैतडीको डिलाशैनीमा ट्याक्टरबाट खसेर एकजना घाइते भएका छन् ।
गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिका–७ धामीगाउँतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ त १३२१ नम्बरको ट्याक्टरबाट पुर्चौंडी नगरपालिका–९ धारीका अन्दाजी ४५ बर्षीय हिरासिंह धामी खसेर घाइते भएका हुन् ।
सोमबार दिउँसो सवा ३ बजेको समयमा डिलाशैनी गाउँपालिका –५ खोली भन्ने स्थानमा धामी ट्याक्टरबाट एक्कासी खसेका र उनको छातीमा चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । घाइते धामीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १७:३६
प्रतिक्रिया दिनुहोस्