Sagun Khabar
पुर्चौडीका नरसिंह महराको रुखबाट लडेर मृत्युु

बैतडी - बैतडीको पुर्चौडी नगरपालिका १० बिजयपुर महरा गाउँ मछाईनका ८२ वर्षीय नरसिंह महराको  रुखबाट लडेर मृत्यु भएको छ ।

महराको बुधबार  बिहान करिब १० बजेको समयमा स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको मृतक महराकी नातिनी पत्रकार हजारी महराले पुर्चौडीबाट जानकारी दिएकी छिन ।

साउल्या काट्नेक्रममा लडेका ८२ वर्षीय महराको करिब १०० मिटर तल  घटनास्थलमै  ज्यान गएको बताइएको छ । महराको बिहान करिब १० बजेको समयमा घटनास्थलमै ज्यान गएको भएपनी परिवारका सदस्यले दिउँसो २ बजे मात्र घटना थाहा पाएको पत्रकार महराले जानकारी दिइन ।

केही वर्ष अघि श्रीमती र छोरा गुमाइसकेका ८२ वर्षीय वृद्ध महरा बुहारी र कान्छा छोरा संग बस्दै आएको बुझिएको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update