Sagun Khabar
टिप्परले ठक्कर दिँदा बैतडीको पाटन नगरपालिकाका कार्यालय सहयोगी बिष्टको निधन 

बैतडी–टिप्परले ठक्कर दिँदा बैतडीको पाटन नगरपालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिरसिंह बिष्टको निधन भएको छ । 

धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश  ०१००१– त २६४५ नम्बरको टिप्परले शुक्रबार ठक्कर दिँदा ५३ बर्षीय बिष्टको मृत्यु भएको हो । 

पाटन नगरपालिका –६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत बिष्टको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको नगरपालिकाले जनाएको छ । 

बिष्टको निधनमा आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख गौरीसिंह रावलले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update