Sagun Khabar
बैतडीको पुर्चौंडी–७ पूर्णखोप सुनिश्चित वडा घोषणा 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका–७ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारले बताए । 

वडाभित्र रहेका ५ वर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाइसकेकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको उनले बताए । वडाभित्र रहेका ५ बर्षमुनिका १ सय ८१ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेकाले वडालाई पूर्णखोप सुनिश्चत वडा घोषणा गरिएको लुहारले बताए । 

पूर्णखोप सुनिश्चित वडालाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेको लुहारले बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष धिरेन्द्र बम, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । १० ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरेपछि छिट्टै नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार  कुवँरले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update