Sagun Khabar
बैतडीको दशरथचन्द –३ पूर्णखोप सुनिश्चित वडा घोषणा

बैतडी-  बैतडीको दशरथचन्द नगरपालिका–३ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । नगरपालिकाभित्रका वडाहरुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने अभियान अन्तरगत मंगलबार एक कार्यक्रमको आयोजना गर्दै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष अजब पाण्डेयले बताए ।

वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो । 

हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाए नपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको जोशीले बताए ।

दशरथचन्द नगरपालिका ३ का वडा अध्यक्ष अजब पाण्डेयको अध्यक्षतामा भएको पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी र उपप्रमुख कौशिला चन्द कार्यक्रममा बिशिष्ट अतिथी रहेका थिए ।

नगरपालिकाका ११ ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update