Sagun Khabar
बैतडीमा लागूऔषध चरेससहित दुईजना पक्राउ,१७.२९ ग्राम चरेस बरामद

बैतडी : बैतडीमा लागूऔषध चरेससहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका ४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका ६ का २४ वर्षीय किशोर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले बताए ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले उनीहरू दुबैजनालाई राति ११ बजे पाटन नगरपालिका ६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट पक्राउ गरिएको बताइएको छ । प्रहरी निरीक्षक साउँद नेतृत्वको टोलीले गस्तीको क्रममा शंका लागेर चेकजाँच गर्दा पौडेलको साथबाट ९.४६ र चन्दको साथबाट ७.८३ गरेर १७.२९ ग्राम चरेस बरामद गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बडूले बताए ।

पक्राउ परेका दुबैजनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update