Sagun Khabar
शिवनाथ गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

गाउँपालिकाभित्र रहेका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँ, प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

गाउँपालिकाबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाको कदर गर्दै नगदसहित सम्मान गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । गाउँपालिकाले चालु आर्थिक बर्षमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको र सोही अनुसार उनीहरुलाई सम्मान गरिएको अध्यक्ष साउँदले बताए । 

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । 

संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ लुगाभत्ता र १२ हजार रुपैयाँ यातायात खर्च बार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update