
बैतडी–बैतडीमा किशोरकिशोरीहरुलाई लागूऔषध र साइबार अपराधबाट बच्ने उपायका बारेमा जानकारी दिन थालिएको छ ।
परोपकार ग्रामीण विकास संघले प्रहरीसंग मिलेर लागूऔषध र साइबर अपराधबाट बच्ने उपायका बारेमा जानकारी दिने गरेको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
पाटन नगरपालिका वडा नं २ र ६ मा किशोरकिशोरीहरुसंग लागूऔषध र साइबर अपराध नियन्त्रणका बिषयमा छलफल गरिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय पाटनको समेत सहभागितामा किशोरकिशोरीहरुलाई उक्त बिषयमा जानकारी दिइएको उनले बताइन् ।
पछिल्लो समयमा किशोरकिशोरीहरु लागूऔषध र साइबर अपराधमा फसीरहेकाले उनीहरुलाई कानुनी र अन्य बिषयमा जानकारी दिइएको भट्टले बताइन् ।
परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका २ र ६ मा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरुलाई लागूऔषध र साइबर अपराध नियन्त्रणका बिषयमा जानकारी दिइएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
परोपकार ग्रामीण विकास संघले लामो समयदेखि विभिन्न खालका हानिकारक प्रचलन अन्त्यका लागि काम गर्दैै आएको संघका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । गल्स फस्ट फण्डसंगको साझेदारीमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।