Sagun Khabar
बैतडीको पुर्चौंडी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । 

यस्तै नगरपालिकामा पूर्ण खोपलाई निरन्तरता दिने समेत सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । 

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । 

नगरपालिका क्षेत्रभित्रका पाँच बर्षमुनिका बालबालिकाहरुले पाउनुपर्ने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार प्राप्त गरेको एकीन भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । 

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुअघि १० ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो । 

नगरपालिकाका प्रत्येक घरधुरीमा पुगेर बालबालिकाहरुले खोप पाए÷नपाएको एकीन गरिएको थियो । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । 

यसैबीच पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा कार्यमा गरेको सहयोगको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update