
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले महिला किसानहरुलाई आधुनिक तरकारी खेती प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ ।
महिला लक्षित कार्यक्रम अन्तर्गत महिला किसानहरुलाई आधुनिक तरकारी खेती प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् ।
नगरपालिकाका ११ ओटै वडाबाट छनौट गरिएको ६३ जना महिला किसानहरुलाई तालिम दिइएको उनले बताइन् । विपन्न, एकल महिलाहरुलाई प्राथमिकतामा राखेर तालिमका सहभागीहरु छनौट गरिएको थियो ।
नगरपालिकाको वडा नं १, २, ३, ७, ९ र ११ का सहभागीहरुका लागि देहीमाण्डौं र वडा नं ४, ५,६,८ र १० का सहभागीहरुका लागि गोठलापानीमा तालिम सञ्चालन गरिएको कुँवरले बताइन् ।
तालिममा सहभागी महिलाहरुलाई तरकारीको बीउबिजन, हजारी र स्प्रे समेत वितरण गरिएको थियो ।
तरकारी खेतीमा आवद्ध महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन तालिमको आयोजना गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।