Sagun Khabar
बैतडीमा सामान बोकेको जिप दुर्घटना 

बैतडी–बैतडीबाट किराना सामान बोकेको जिप दुर्घटना भएको छ । 

अत्तरियाबाट सुइलेकतर्फ आइरहेको  सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्द्रा बोलेरो पिकअप जिप पुर्चाैडी नगरपालिका–६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । 

जिप चालक बझाङको बित्थडचिर गाउँपालिका–२ का हरिशबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन् । जिपमा उनीमात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । चालक खड्का अहिले फरार रहेका उनले बताए । 

किराना सामान बोकेर गइरहेको जिप उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकबाट ५ सय मिटर तल खसेको प्रहरी निरीक्षक बडूले बताए । 

दुर्घटनामा परेर जिप प्ूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update