Sagun Khabar
बैतडीको पुर्चौंडी नगरकार्यपालिका सदस्य लुहारको निधन, नगरपालिकामा शोक बिदा 

बैतडी –बैतडीको पुर्चौंडी नगरकार्यपालिका सदस्य एवं नगरसभा सदस्य ऐते लुहारको निधन भएको छ । 

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित लुहारको बिहीबार दिउँसो सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको नगरपालिकाले जनाएको छ । 

पुर्चौंडी नगरपालिका–३ न्वादेउ घर भएका ५५ बर्षीय लुहारको खुट्टामा समेत समस्या रहेको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगरकार्यपालिका सदस्यमा मनोनित भएका थिए । 

लुहारको निधनले नगरकार्यपालिकाले एक होनहार सदस्य गुमाएको पुर्चौंडी नगरपालिकाका नगर प्रमुख दीपकबहादुर बमले बताए । 

यसैबीच नगरकार्यपालिका सदस्य लुहारको निधनमा पुर्चौंडी नगरपालिकाले एक दिन शोक बिदा दिएको छ । नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत सरकारी कार्यालयहरुमा शुक्रबार शोक बिदा रहेको नगरपालिकाले जनाएको छ । 
Bida-1749779340.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update