Sagun Khabar
बैतडीको सिगास घर भएकी शिक्षक पार्वतीको सर्पको टोकाइबाट धनगढीमा मृत्यु 

बैतडी–बैतडीको सिगास गाउँपालिका–८ सिराडी घर भएकी शिक्षक पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

पछिल्लो समयमा धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा बसोबास गर्दै आएकी शिक्षक अवस्थीको सर्पको टोकाइबाट बिहीबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

कैलालीको गोदावरी नगरपालिका–८ स्थित शारदा मावि श्रीपुरमा कार्यरत शिक्षक अवस्थीलाई बिहीबार साँझ सर्पले टोकेको थियो । सर्पले टोकेपछि अवस्थीलाई तत्कालै सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपनि उनको उपचारकै क्रममा बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ । 

शिक्षक अवस्थीले यसअघि सिगास –८ स्थित लेकलुँपड माविमा समेत अध्यापन गराएकी थिइन् । शिक्षक अवस्थीले निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उनका सहकर्मीहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update