बैतडीका सुनचाँदी व्यवसायी पनि आन्दोलित 
                        
                        
                                                
                                             
                                                                    बैतडी–देशभरजस्तै बैतडीका सुनचाँदी व्यवसायी पनि आन्दोलित भएका छन् ।
आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा सरकारले सुनमा कर वृद्धि गरेपछि सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् । सरकारले सुनचाँदीमा कर लगाएपछि व्यवसायीहरु आन्दोलित भएका बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश पौडेलले बताए ।
आन्दोलन अन्तर्गत सुनचाँदी व्यवसायीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउँदै सरकारले बढाएको कर यथाशीघ्र फिर्ता लिन व्यवसयीहरूले माग समेत गरेका छन् । आफूहरुका माग पूरा नभएका आन्दोलन जारी रहने सुनचाँदी व्यवसायीहरुले बताएका छन् । 
 
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:०४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    