Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा एमडीजीपी बिशेषज्ञ हाजिर 

बैतडी–जिल्ला अस्पताल बैतडीमा एमडीजीपी बिशेषज्ञ चिकित्सक हाजिर भएका छन् । 

सरकारी छात्रवृति करारमा डा.पविन उपाध्याय बिशेषज्ञ चिकित्सकको रुपमा जिल्ला अस्पतालमा हाजिर भएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । एमडीजीपी बिशेषज्ञ अस्पतालमा आएसंगै बिरामीहरुलाई सहज हुने अस्पतालका प्रमुख डा. विकले बताए । 

एमडीजीपी बिशेषज्ञ अस्पतालमा आएसंगै हर्निया, हाइड्रोसिल, एपिन्डिक्सको अप्रेशनका साथै अन्य सेवाहरु समेत सञ्चालन हुने अस्पतालका प्रमुख डा. विकको भनाइ छ । 

एमडीजीपी बिशेषज्ञको रुपमा डा. उपाध्याय हाजिर भएपछि सुगर,प्रेसर र थाइराइडसम्बन्धी समस्या भएका बिरामीहरुलाई सहज हुने भएको छ । यस्तै पेट,छाती, मुटु र दमसम्बन्धी समस्यामा पनि बिशेषज्ञ डाक्टरले सेवा दिने बताइएको छ । 

यस्तै पाइल्स, फिस्टुला तथा प्रोस्टेट समस्या भएका बिरामीहरुलाई पनि बिशेषज्ञ चिकित्सकले सेवा दिने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

जिल्ला अस्पतालमा एमडीजीपी बिशेषज्ञ डाक्टर आएसंगै अस्पतालमा तीन जना बिशेषज्ञ चिकित्सक भएका छन् । यसअघि स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डाक्टर रामकुमार यादव र हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर प्रतीक शाहले सेवा दिँदै आएका छन् । 

अहिले जिल्ला अस्पतालमा तीन जना बिशेषज्ञ, एकजना डेन्टिस्ट र ७ जना मेडिकल अधिकृतहरुले सेवा दिइरहेका अस्पतालका प्रमुख डा. विकले बताए । 

यसैबीच जिल्ला अस्पतालमा हाजिर भएको एमडीजीपी बिशेषज्ञ डाक्टर पविन उपाध्यायलाई शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला अस्पतालमा स्वागत गरिएको छ । 

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उपस्थितीमा डा. उपाध्यायलाई स्वागत गरिएको हो । 


 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update